४ जेठ २०७९, बुधवार

एमाले साविक पात्लेखेत ०१ : टोल कमिटि अध्यक्षमा रविन्द्र धिताल

नेकपा एमाले धुलिखेल ११ टोल कमिटि गठन कार्यक्रम आज फुलबारिमा रबिन्द्र धिताल अध्यक्ष चयन गरि सम्पन्न भएको छ ।

नेकपा एमालेको केन्द्रीय अधिवेशन देखि जिल्ला र नगरको तथा वडा कमिटि निर्माण पछिको टोल कमिटिको निरन्तरता दिने क्रममा धुलिखेल ११ पात्लेखेत साविक ०१ नम्बरमा आज टोल कमिटि निर्माण भएको छ ।

विभिन्न प्रलोभन देखाइ निर्वाचन ताका आफ्ना क्रियाकलापहरु गरि जनतालाइ भ्रममा पारि आफ्नो पक्षमा पार्न खोज्ने विभिन्न पार्टिका नेता एवम् पार्टिका कार्यकर्ताहरुलाई , कार्यक्रम सभापति एवम् नेकपा एमाले धुलिखेल ११ पार्टि कमिटि अध्यक्ष क. मन्दिप गौतमले , जनतालाइ केहि दिनको प्रलोभन केहि सामग्री दिएर होइन सिप दिएर उनिहरुलाइ दिगो बनाउने कार्यक्रम प्रदान गर्न सचेत गर्दै कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएको थियो ।

नेकपा एमाले सदैव जनाताको हक हितमा रहने र सदैव जनताको सेवामा तत्पर रहने कुरा सँगै विगतमा अन्य पार्टीका कार्यकर्ताले केहि नगरेता पनि चुनाव ताका मात्रै आफ्नो बाहुल्यता देखाउन खोज्ने पार्टीलाइ खबरदारि गरि , “यदि गर्ने हो भने दिगोपन हुने कार्यक्रममा जनताको सहभागिता तथा कार्यक्रम गर्न ” सचेत गर्दै नेकपा एमाले धुलिखेल नगर कमिटि सचिव विष्णु धितालले आफ्ना भनाइहरु राख्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य यश बहादुर तामाङ्गले स्थानिय तहमा अरु भन्दापनि नेकपा एमाले एकाढिक्का रहेको र सबल तथा सशक्त पार्टि रज्हेको कुरा कार्यक्रमलाइ सम्बोधन गर्दै बताउनु भएको थियो।

जिवनमा भोगेका र पार्टिको बिषयमा र अरुले आफुप्रति छरेको भ्रामक विषय माथि रहि कार्यक्रमलाइ सम्बोधन गर्नु भएका पुर्व जिल्ला सचिवालय सदस्य तथा साविक पात्लेखेत गाविस अध्यक्ष केशव बडालले राजनितिमा आफुले गरेका कामहरुलाइ अरुले गरेको मुल्यांकनको विषयमा रहि अन्य पार्टिले गरेका चुनाव लक्षित कार्यक्रममा नअल्झिन समेत आग्रह गर्नु भएको छ । उहाँले चुनाव लक्षित पार्टिहरुलाई यति लामो समय वडावासिका दु:ख र समस्यामा कहाँ थियौ ? र यो समयमा पिसाबको न्यानो झै जनतामाझ भ्रम छर्न र कार्यक्रम गरेको जस्तो देखाउन किन तत्पर रहेको भनि प्रश्न गर्नु भएको थियो ।

नेकपा एमाले धुलिखेल ११ साविक वडा टोल कमिटि गठन कार्यक्रममा निम्न पदाधिकारीहरुको नेकपा एमालेलाइ अघि वढाउने र पार्टि सबल बनाउनलाइ १५ सदस्यिय कमिटि गठन गरिएको छ ।
जसमा अध्यक्ष :- रविन्द्र धिताल
उपाध्यक्ष :- नबराज हुमागाईं
सचिव :- श्याम कुमार धिताल
सहसचिव :- पुर्ण बहादुर तामाङ् , रसिला वि.क
तथा सदस्यहरु :- राजेन्द्र धिताल ; अतुल धिताल ; तिर्थ विक ; पञ्चलाल तामाङ ; सुदर्शन अधिकारी ; विष्णु प्रसाद धिताल ; मानकाजि बिक ; जयराम श्रेष्ठ ; सिता अधिकारी चयन हुनुभएको छ ।

नेकपा एमाले धुलिखेल ११ न. वडा कमिटीद्वारा आयोजित साविक १ नम्बर टोल कमिटि गठन कार्यक्रम -२०७८ को सभापति नेकपा एमाले धुलिखेल वडा ११ कमिटि अध्यक्ष मन्दिप गौतमले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पार्टि पुर्व काभ्रे जिल्ला सचिवालय सदस्य केशव बडाल , विशिष्ट अतिथि पार्टि जिल्ला कमिटि सदस्य यश बहादुर लामा , अतिथिहरुमा धुलिखेल नगर कमिटि सचिव विष्णु धिताल , जिल्ला समन्वय समिति सदस्य गिता सुनार , धुलिखेल नगरपालिका कार्यपालिका सदस्य जमुना देवि लामा , वडा कमिटी इन्चार्ज कृष्ण बहादुर तामाङ्ग , धुलिखेल नगर कमिटि सदस्यहरु हरि कुमार श्रेष्ठ , चमार वि.क. ध्रुव बडाल , सिर्जना प्याकुरेल , अनेरास्ववियु धुलिखेल नगर कमिटि अध्यक्ष प्रभुराम धिताल , युवा संघ वडा अध्यक्ष नारायण लामा , त्यस्तै वडा कमिटिका सम्पुर्ण व्यक्तिहरुको‌ उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा वडा कमिटि सचिव सन्जय न्यौपानेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति: १९ माघ २०७८, बुधवार १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु