पात्लेखेतमा एमाले अगुवा कार्यकर्ता तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

नेकपा एमाले धुलिखेल ११ पात्लेखेत कमिटिले आफ्नो निर्वाचन तयारि लक्ष्यित कार्यक्रम तथा नव निर्मित टोल कमिटि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले वडा कमिटि अध्यक्ष मन्दिप गौतमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नव निर्मित टोल कमिटि , सपथ ग्रहण कार्यक्रम , निर्वाचन परिचालन कमिटि लगायत निर्वाचन लक्ष्यित विभिन्न एजेन्डा उपर छलफल कार्यक्रम सम्पन्न भएको छ।

नव निर्मित साविक पात्लेखेत वडा १ देखि ९ सम्मका टोल कमिटिलाई कार्यक्रममा प्रमुख अतिथि वाग्मति प्रदेश कमिटि सदस्य केशव वडालले गराउनु भएको थियो । जसमा टोल कमिटिका सम्पुर्ण पदाधिकारीहरु र सदस्यहरुले सपथ लिनु भएको छ ।
कमरेड शव्दमा आत्मियता भएर एमालेमा लाग्ने साथिहरुलाइ कमरेड भनिएको हो र एमाले पार्टीमा आफ्नो भाव रहेको कुरा नेकपा एमाले वाग्मती प्रदेश सदस्य केशव बडाल तथा कार्यक्रमका प्रमुख अतिथीले आफ्नो मन्तव्य राख्नु भएको छ। वडालले विगतको जितहारवाट बनेको बलियो पार्टि , भुमिगत बेलामा समेत जोगाएर १२ देखि १५ सँगठित सदस्यवाट शुरु भएको कमिटि अहिले ४६८ जना सँगठित सदस्य रहेको समेत बताउनु भएको छ ।

बिकासको निर्माणमा सबै क्षेत्रमा विकास भएको पात्लेखेतमा सडक बिस्तार ; एक घर एक धारा खानेपानि योजना ;विद्यालय निर्माण ; ठुला तथा साना सिचाइ योजना ; स्थानिय पर्यटकमा सुदृढीकरण ;सिपमुलक दिगो आयआर्जनको लागि सिपमुलक तालिम लगायत थुप्रै विकासको काम भएको कुरा वडालले राख्नु भएको छ ।
स्वतन्त्र रुपमा सँगठित सदस्यले समेत आफ्नो कुरा र उम्मेद्वारि दिने र सँगठित सदस्य र सदस्यहरुवाट निर्माण भएको कार्यदलबाटै सर्वसहमति हुने कुरा ने धितालले कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमाले धुलिखेल नगर कमिटि सचिव विष्णु धितालले भन्नु भएको थियो । सहर बसि गाउमा आर्थिक प्रलोभन देखाइ जनताको मर्म नबुझि स्थानिय निर्वाचन ताका मात्र गाउ प्रवेश गर्ने राजनैतिक दलका कार्यकर्ता लाई चेतावनि समेत दिनु भएको छ।

बिभिन्न समयमा पार्टिको लागि योगदान दिएका र सबैको मनमा वस्न सफल नेतृत्व रहेको पात्लेखेतमा भने नेकपा एमाले धुलिखेल वडा ११ मा रहि राजनिति गर्ने र सदैव जनता माझ पुग्न सक्ने थुप्रै कार्यकर्ता तथा नेतागणहरुले आआफ्नो तर्फबाट वडा हाक्न सक्छु भन्ने आँटका साथ आफ्नो कुराहरु व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा नेकपा एमालेका विभिन्न अगुवा कार्यकर्ता , सँगठित सदस्य , जिल्ला कमिटी सदस्य ,जिल्ला एबम् नगर तथा वडाका भातृसंगठनका पदाधिकारी तथा सदस्यहरु , नेकपा एमाले नगर तथा वडा कमिटिका सदस्यहरु तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
प्रकाशित मिति: २३ चैत २०७८, बुधवार २०:५५ बजे











