१५ मंसिर २०८०, शुक्रवार

आचारसंहिता उल्लङ्घन गरि मौन अवधिमा उम्मेद्वार आफै प्रचारप्रसारमा

धुलिखेल वडा नम्बर ६ का नेपालि काँग्रेसका उम्मेदवार निर्वाचन आचारसंहिता विपरित भोट मागिरहेको यति खेर सामाजिक सञ्जालमा टन्न देख्न सकिन्छ।

स्थानिय तहको निर्वाचनको ७२ घण्टे मौन अवधि शुरु भइसकेको छ । विभिन्न राजनैतिक दलका उम्मेद्वारहरुले जति आफ्नो लागि भोट माग्नु पर्ने हो त्यो सबै प्रचारप्रसार मौन अवधि गर्नु पर्ने हुन्छ। तर धुलिखेल वडा नम्बर ६ का काँग्रेसका उम्मेदवारहरु भने यो मौन अवधिको समयमा पनि व्यक्तिगत भेटघाट तथा सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरि आफ्नो क्षेत्रमा लागि भोट मागि हिडि रहेको देखिन्छ ।

विभिन्न प्रलोभन देखाई आफ्नो पक्षमा तान्न खोज्ने , प्रयास गरिरहेका उम्मेदवारहरु यो समयमा सामाजिक सञ्जाल व्यापक रुपमा आफ्नो प्रचार गरिरहेको पाइन्छ। साथै वडा भित्रका थुप्रै ठाउमा अझै पनि व्यानर र झणडाहरु धमाधम टाँसिरहेको पनि देखिन्छ ।

प्रकाशित मिति: २९ वैशाख २०७९, बिहीवार ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु