धुलिखेल ८ मा नेकपा एमालेको कार्यालय सुभारम्भ तथा कार्यकर्ता भेला सम्पन्न
धुलिखेल । नेकपा एमाले धुलिखेल नगरपालिकाको वडा नं ८ मा पार्टी कार्यालय सुभारम्भ गरेको छ । नेकपा एमालेका अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाको वडा नं ८ भट्टि डाडाँमा एक कार्यक्रमका बीच सुभारम्भ गर्नुभएको छ ।
नेकपा एमाले काभ्रेको अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले अघिल्लो निर्वाचनमा आफ्नो घोषणा पत्रमा उल्लेख गरिएको कुराहरु धेरै पुरा हुने भइरहेको र धेरै कामहरु सुभारम्भ भएको छ भन्ने कुरा उक्त कार्यक्रममा बोल्दै बताउनुभयो ।
जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेले जित्दा राष्ट्रियताले जित्ने र नेकपा एमाले हार्दा राष्ट्रियता हार्ने हुँदा अबको निर्वाचनमा नेकपा एमाले जिताउन र राष्ट्रियता जिताउन आग्रह गर्नुभएको छ ।
नेकपा एमाले काभ्रेको जिल्ला सदस्य जितेन्द्र बहादुर खत्रीले केही अजिंगरले आफुलाई एमाले भएर रहन बाटो छेकेको र त्यो अजिंगर हटेपछि आफु एमाले पार्टी मै रहेको कुरा बताउनु भयो ।


प्रकाशित मिति: २३ चैत २०७८, बुधवार २०:५२ बजे











