२९ चैत २०८२, शनिवार

विपि राजमार्गको नमोबुद्धमा बस दुर्घटना (अपडेट)

काभ्रे- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बेलास्थित बिपी राजमार्गमा आज अपराह्न हिमाल तराई यातायातको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै २४ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बनेपाबाट भकुण्डेतर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकबाट करीब १५० मिटर तल खस्दा बसमा यात्रारत अन्दाजी वर्ष ६५ का एक पुरुषको मृत्यु भएको छ ।

बाँकी घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेकामा तीन जनाको थप उपचारका लागि काठमाडौँस्थित नर्भिक अस्पताल पठाइएको र बाँकी २१ को धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ । काठमाडौँ सिफारिस गरिएका नीरज कुँवर, विवेक तामाङ र राजु तामाङ तीनै जना तेमालका रहेका प्रहरीले जनाएको छ ।-रासस

प्रकाशित मिति: २५ कात्तिक २०७६, सोमवार १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु