२१ वैशाख २०८३, आइतवार

कोरोनाबाट थप दुईजना निको, निको हुनेको संख्या नौ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण लागेका थप दुईजना पूर्ण रुपमा निको भएर घर फर्कनुभएको छ । निको
हुनेमा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए । यसरी, पूर्ण रुपमा निको भएको संख्या नौ पुगेको छ ।

काठमाडौंको सन सिटी अपार्टमेन्टमा बस्ने आमा (उमेर ८५) र छोरा (उमेर ६०)लाई केही दिन अघि भाइरस संक्रमण पुष्टि भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा उपचाररथ हुनुहुन्थ्यो ।

उहाँहरु दुबैजना केही महिनाअघि बेलायत पुगेर नेपाल फर्केपछि घरमै सेल्फआइसोलेसनमा बस्नुभएको थियो ।

प्रकाशित मिति: ११ वैशाख २०७७, बिहीवार १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु