१९ वैशाख २०८३, शुक्रवार

स्वेच्छिक कोरोना परीक्षणको शुल्क निर्धारण हुन बाँकी : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सःशुल्क कोरोना परीक्षणको मूल्य निर्धारण हुन बाँकी नै रहेको बताएको छ ।

मन्त्रालयले मंगलबार लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले स्वेछिक रुपमा शुल्क तिरेर परीक्षण गराउन चाहे अनुमति दिने सैद्धान्तिक निर्णय गरेको थियो ।

यसलाई लिएर १५ हजारसम्म शुल्क तोकिएको चर्चा भएपछि मन्त्रालयले त्यसको खण्डन गरेको छ । मन्त्रालयका आईसीएस संयोजक डा. गुणराज लोहनीले भनेका छन्, ‘केकति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषय निर्णय हुन बाँकी नै छ ।’

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे छिट्टै निर्णय हुने बताएका छन् ।

प्रकाशित मिति: ७ जेठ २०७७, बुधवार १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु