२१ वैशाख २०८३, आइतवार

नयाँ निशान छाप पारित भएको खुशीयालीमा नेकपाका युवा विद्यार्थीहरुले बनेपामा मनाय दिपावली

बनेपा । कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा काभ्रेको बनेपामा दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले दुई तिहाइभन्दा बढी मतले सोसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
संविधानमा नयाँ निशान छाप राख्न सदनमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएपछि देशभर खुशीयाली मनाउन सुरु गरिएको छ । शनिबार बनेपामा खुशीयाली साटासाट गर्नुका साथै दिपावली गरिएको छ ।

नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशियालीमा आज बनेपामा दीप प्रज्वलन गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका युवा र विद्यार्थीहरुले दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको हो ।    

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेका युवा र विद्यार्थीहरुले बनेपाको मुख्यचोकमा दीप प्रज्वलन गरेको हो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेताहरु तथा धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले संविधान संशोधन विधेयक पारित भएका दिन नेपाली जनताका लागि गर्वको दिन रहेको बताउँदै भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताए । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेताहरु तथा राष्ट्रिय युवा संघ नेपालका नेताहरु तथा अनेरास्ववियुका नेताहरु को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ३१ जेठ २०७७, शनिवार २३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु