२३ वैशाख २०८३, मंगलवार

कोरोनाका कारण काँग्रेस जिल्ला उपसभापतिको मृत्यु

काठमाडौँ । नेपाली काँग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको ३८ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । पार्टी समायोजनको क्रममा उहाँ असार २९ गतेदेखि जिल्लाको काँग्रेस उपसभापति हुनुभएको थियो ।

प्रकाशित मिति: २ भदौ २०७७, मंगलवार १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु