१९ वैशाख २०८३, शुक्रवार

काभ्रेको धुलिखेल, रोशी र भुम्लुमा अस्पताल शिल्यान्यास : खानिखोला र महाभारतमा हुन सकेन

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा तीनवटा अस्पतालको शिलान्यास गरिएको छ । धुलिखेल नगरपालिका, रोसी गाउँपालिका र भुम्लु गाउँपालिकाले अस्पताल शिलान्यास गरेका छन् भने डाँडापारीका दुई पालिका खानिखोला र महाभारतले अस्पताल शिल्यान्यास गर्न सकेनन ।

महाभारतमा अस्पताल बन्ने केन्द्र बनखु र घर्तिछाप दुई स्थानको पत्र आएकाले एकिन हुन नसक्दा शिल्यान्यास भएन भने खानिखोलामा केहि दिन अघि जग्गा ब्यवस्थापन हुन नसक्दा शिल्यान्यास हुन सकेन । जग्गा ब्यवस्थापन भईसकेकाले आगामि १८ गते खानिखोला गाउँपालिकाले अस्पतालको शिल्यान्यास गर्नेछ ।

शिल्यान्याससँगै धुलिखेल नगरपालिकामा १५ शैया, भुम्लु गाउँपालिका र रोसी गाउँपालिकामा १०÷१० शैयाको अस्पताल बन्ने भएका छन । धुलिखेल नगरपालिकाको काभ्रे भञ्ज्याङ्गमा काभ्रे अस्पतालका रुपमा १५ शैया अस्पतालको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले एक कार्यक्रमका बीच शिल्यान्यास गर्नु भएको छ । नेपालकै नमुना नगरका रुपमा विकास गर्ने गरी नगरपालिकाले नागरिकहरुका आधारभुत आवश्यकताहरुलाई पुरा गर्ने अभियान सम्पन्न गरिरहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

त्यस्तै रोसी गाउँपालिकाको खहरेपाँगुमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष डीबी लामा र अस्पतालका अध्यक्ष गणेश लामाले शिलान्यास गर्नुभएको छ । खहरेपाँगुमा गाउँपालिकाले केहि दिन अघि कोभिडको अस्थायी अस्पताल उद्घाटन गरिसकेको थियो । गाउँपालिका अध्यक्ष डिबी लामाले खहरेपागँु, शिखरआम्बोटे, नमोबुद्ध नगरपालिका र बेथान्चोक गाउँपालिकाका केहि वडाका नागरिकहरुलाई उक्त अस्पतालले सेवा दिने बताउनु भयो । उक्त क्षेत्रको विकासका लागि गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष लामाले बताउनु भयो ।

त्यस्तै भुम्लु गाउँपालिकाको भुम्लु स्वास्थ्य चौकीमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले शिलान्यास गर्नुभएको छ । भुम्लुमा बन्ने उक्त अस्पतालले गाउँपालिकाका नागरिकहरुका साथै छिमेकी पालिकाका नागरिकहरु लाभान्वित हुने अध्यक्ष कुँवरले बताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाका पाँच पालिकालाई अस्पताल निर्माणका लागि पहिलो चरणका लागि ८५ लाख रुपियाँ बजेट पालिकामा पठाएको छ । मन्त्रालयले १५ शैयाको लागि १८ करोड र १० शैया अस्पतालका लागि १०÷१० करोड विनियोजन गरेको छ । दुई बर्षमा अस्पताल सञ्चालनमा आउने छन । न्युज अफ नेपालबाट

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमवार १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु