शहरी लगानी बिना देशको समग्र अर्थतन्त्रको विकास सम्भब छैन :अशोक व्याञ्जु
काठमाडौँ । नगर विकास कोषको ३३औं वार्षिक उत्सवको उपलक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक ब्याञ्जुले आफ्नो धारणा व्यक्त गर्नुहुदै नेपालको शहरी क्षेत्र विकासको लागि आवश्यक कोष नहुनु मुख्य चुनौती को रुपमा रहेको बताउनुभयो ।
नगर विकास कोष समग्र नगरपालिकाहरुको विकासमा सहयोग गर्न स्थापना भएको हो । नगर विकास कोषको ३३औं वार्षिक उत्सव भव्यरुपमा रुपमा सम्पन्न भएको छ ।
नगर विकास कोषले हाल नेपालको शहरी क्षेत्र विकासको लागि आवश्यक पर्ने कोषको लागि केहि काम गरिरहेको छ ।
संघीय सरकारले स्थानीय तहमा धेरै बजेट विनियोजन गरेको बताए पनि स्थानीय तहको विकासको प्रयाप्त नरहेको कुरा नेपाल नगरपालिका संघकाे अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुले बताउनुभयो । नेपालको नगरपालिकाहरुको विकासमा नगर विकास कोष भुमिका बढाउन कोषको र नगरपालिकाहरुको दायित्व रहेको धारणा व्यक्त गर्नुहुदै नेपाल नगरपालिका संघकाे अध्यक्ष अशोक व्याञ्जुले नेपालको शहरी क्षेत्र विकासको लागि आवश्यक प्रयाप्त मात्रामा बजेट विनियोजन गर्नु पर्ने कुरा बताउनु भयो ।





प्रकाशित मिति: ३ फागुन २०७७, सोमवार ०९:४० बजे











