बागमती प्रदेश लिगको लागि नगर प्रमुख अशोक व्याञ्जु द्वारा खेलाडी बिदाई

धुलिखेल । बागमती प्रदेश लिगको लागि धुलिखेलमा खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरी बिदाई कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश लिगमा काभ्रे जिल्लाको धुलिखेलमा रहेको आकाश भैरव क्लबबाट खेल्ने खेलाडीहरुको लागि आवश्यक सामग्री धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुले हस्तान्तरण गर्नुभएको छ ।
आकाश भैरव क्लबलाई बाग्मति प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि एक कार्यक्रमको बिच नेपाल नगरपालिका माहासंधका अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक कुमार व्यान्जुको प्रमख आतिथ्यतामा खेलकुद सामाग्री हस्तान्तरण भएको छ।कार्यक्रममा विशिष्ट अतिथीको रूपमा धुलिखेल नगरपालिकाका उप-प्रमुख बिमला कुमारी शर्मा,अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं रेफ्रि संयोजक रविन्द्रनाथ श्रेष्ठ,धुलिखेल वडा नं ७ का वडा अध्यक्ष रोमि प्रसाद व्यान्जु, धुलिखेल वडा नं ६ का वडा सदस्य रोजना श्रेष्ठ,काभ्रे जिल्ला फुटबल संधका अध्यक्ष बिकाश नारायण श्रेष्ठ , काभ्रे जिल्ला फुटबल संधका उपाध्यक्ष एवं प्रायोजक डल्बा हाउसका प्रबन्धक निरोज श्रेष्ठ,काभ्रे जिल्ला फुटबल संघका उपाध्यक्ष अमीत खोजु,काभ्रे जिल्ला फुटबल संघका कोषाध्यक्ष प्रभात कुमार श्रेष्ठ ,प्रायोजक अर्थ भुमि साकोसका प्रबन्धक आनन्द सागर योगल,प्रायोजक साम् नुङ्ग साकोस लगायत क्लबका,पधादिकारिज्यहरू, प्रशिक्षक तथा खेलाडिहरू उपस्थित रहेका थियो। कार्यक्रममा आकाश भैरव क्लबका उपाध्यक्ष पुकार श्रेष्ठको सभापतित्वमा भएको थियोे ।
उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले” अनुसासन खेलाडीहरूको गहना भएको कुरा बताउनु भयो । अनुसासन खेलाडीहरुको लागि मात्र आवश्यक नभएर सबै क्षेत्रमा आवश्यक रहेको छ भन्ने कुरा बताउनु भयो उहाँले आफ्नो धारणा व्यक्त गर्नुहुदै खेल प्रदर्शन गर्ने क्रममा एकले अर्कालाई सम्मान गर्नु पर्छ , खेलमा हार जित हुने हुँदा खेलाडीले खेल प्रदर्शन पछि अनुसासित हुनुपर्छ भन्ने कुरा बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले खेलाडीलाई हौंसला प्रदान गर्दै खेलकुदमा सस्कार सहित खेल प्रदर्शन गर्ने आग्रह गर्नुभयो अहिलेको पुस्तासंग सम्भावना रहेको छ भन्ने कुरा बताउनु हुँदै खेलाडी र खेल क्षेत्रमा आवश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
प्रकाशित मिति: ४ फागुन २०७७, मंगलवार २१:५८ बजे