१५ वैशाख २०८३, सोमवार

निर्माण व्यवसायी संघ काभ्रेको ११ औं साधारण सभा चैत २२ गते धुलिखेलमा

काभ्रे । निर्माण व्यवसायी सघ काभ्रेको ११ औं बार्षिक साधारण सभा चैत २२ गते धुलिखेलमा आयोजना गर्ने भएको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको उक्त साधारण सभा धुलिखेल स्थित होटल सारथिमा बिहान ८ बजे बाट शुरु हुन लागेको हो।

कार्यक्रमलाई भव्यता पुर्ण सम्पन्न गर्नका निमित्त निर्माण व्यवसायी सघ काभ्रेका अध्यक्ष उपेन्द्र कुमार घिसिङले सम्पुर्ण निर्माण व्यवसायमा आवद्ध भएका र निर्माण व्यवसायमा लाग्न इच्छुक सम्पुर्ण महानुभाव हरुलाई कार्यक्रममा उपस्थित हुन अनुरोध समेत गर्नु भएको छ।

चैत्र २२ गते आयोजना हुनलागेको उक्त साधारण सभाले निर्माण व्यवसायी संघ काभ्रेले हालसम्म निर्माण व्यवसाय लाई व्यवस्थित र मर्यादित ढङ्गबाट सञ्चालन गर्न गरेका विभिन्न कार्यहरू र अझै निर्माणका क्षेत्रमा आमुल सकारात्मक परिवर्तन भित्र्याउन कस्ता योजना बाट अघि बढने भन्ने कुरा सोहि दिन उक्त कार्यक्रम बाट प्रष्ट हुने कुरा काभ्रेका निर्माण व्यवसायी मिलन कुमार गौतमले बताए ।

प्रकाशित मिति: १८ चैत २०७७, बुधवार २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु