६ फागुन २०८१, मंगलवार

धुलिखेल नगरपालिका द्वारा विभिन्न जातजातिलाई सास्कृतिक बाजा र युवाहरुलाई खेलकुदको सामाग्री वितरण

धुलिखेल । धुलिखेल नगरपालिकाले विभिन्न जातजातिलाई सास्कृतिक बाजा र युवाहरुलाई खेलकुदको सामाग्री हस्तान्तरण गरेको छ।
धुलिखेल नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको सांस्कृतिक बाजा उर्गेन छोइलिङ गुम्बा धुनपा ८ लाई नगर प्रमुख अशोक व्याञ्जुले हस्तान्तरण गर्नुभयो ।
साथै धुलिखेल नगरपालिकाको दलित समुदायको बिस्वकर्मा परिवारलाई आधुनिक आरन साथै बाजागाजाको सामग्री परियार समुदायलाई नगर प्रमुख अशोक व्याञ्जुले वितरण गर्नु भयो ।
धुलिखेल नगरपालिकाले युवा परिषद् मार्फत नगरपालिकाको सबै युवाहरुको माग अनुसार खेलकुदको सामाग्री हस्तान्तरण गरेको थियो । साथै धुलिखेल नगरपालिकाको वडा नं ८ मा र ६ र ७ मा स्थापित जिमशाला लाई जिम सामग्री नगर प्रमुख अशोक व्याञ्जुले हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले यस नगरको युवाहरुको माग अनुसार खेलकुदको सामाग्री र हाल २ ठाउँमा स्थापना भएको जिमशालालाई सामाग्री हस्तान्तरण गरेको कुरा बताउनु भयो ।
धुलिखेलमा रहेका विभिन्न जातजातिलाई उनिहरुको सस्कृति संरक्षणको लागि बाजा वितरण गरेको जानकारी नगर प्रमुख अशोक व्याञ्जुले दिनुभयो ।

प्रकाशित मिति: १८ साउन २०७७, आइतवार ०९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु