फलफूल खेतीको पकेट क्षेत्र हुदै धुलिखेल ३ नम्बर वडा
धुलिखेल । धुलिखेल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाको सम्पुर्ण वडाहरू लाई फलफूल तथा तरकारी खेती पकेट क्षेत्र बनाउने योजना अनुसार नगरपालिकाले कार्यक्रम गरी रहेको छ ।
यसको निरन्तरता दिन धुलिखेल नगरपालिकाले आ.व वडा नं ३ लाई फलफूल पकेट क्षेत्र बनाउने उद्देश्य अनुरुप वडाको सम्पुर्ण टोल,गाउँका कृषकहरुलाई कागती,आँप,लिची,ओखर,अम्बा,एभोकाडो लगाएतको करिब ७३०० फलफुलको बिरुवाहरु वितरण गरेको छ ।
धुलिखेल नगरपालिका प्रमुख अशोक व्यान्जुले नगरलाई यस फलफूल तथा तरकारी पकेट क्षेत्र बनाउने योजना अनुसार नगरपालिकाले आफ्नै नर्सरी स्थापना गरेको कुरा नगर प्रमुख अशोक व्यान्जुले बताउनुभयो । सबै वडाहरुमा फलफूलको बोट बिरुवा वितरण गर्ने योजना रहेको छ भने तरकारी खेती हुने ठाउँमा तरकारीको बिउ वितरण गर्ने जानकारी दिनुभयो । धुलिखेल नगरपालिका वडा नं ३ को सबै टोलमा फलफूलको बोट बिरुवा वितरण गर्दै वडा अध्यक्ष गणेश आचार्यले धुलिखेल ३ नम्बर वडा लाई फलफूलको पकेट क्षेत्र बनाउने योजना रहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: ११ भदौ २०७९, शनिवार १७:२८ बजे