२७ वैशाख २०८२, शुक्रवार

तीन वर्ष भित्रै राजमार्ग स्तरोन्नती

बनेपा/जिल्लाबाट निर्वाचित मन्त्री गोकुलप्रसाद बास्कोटाको पहलमा छिमेकी देश चीनका राष्ट्रपति सी चीनफिङसँगको सम्झौतामा जिल्लाको महत्वपुर्ण मानिएको अरनिको राजमार्ग स्तरोन्नती गर्ने समझदारी भएको छ । आगामी तीन वर्ष भित्र उक्त राजमार्गको स्तरोन्नती कार्य सकिनेछ ।
उक्त समझदारीले जिल्लाको विकासमा नयाँ आयाम थपिनेछ । मन्त्री बास्कोटाले जिल्लामा झण्डै १३ अर्ब बराबरका योजनाहरु कार्यान्वयनका लागि बजेट ब्यवस्थापन गरिसकेका छन् ।
मन्त्री बास्कोटाले निर्वाचन हुनु अगावै अरनिको राजमार्ग स्तरोन्नतीको प्रस्ताव तयार गरी सम्वन्धित निकायमा पु¥याएका थिए । तर पनि सडक स्तरोन्नतीको कार्यले तिब्रता पाउन सकेको थिएन । धुलिखेलसम्मको सडकलाई ६ लेनको बनाउने यस अघिको सम्झौता कार्यान्वयन नहुँदै राष्ट्रपति सीसँग भएका २० वटा सम्झौतामा अरनिको राजमार्ग स्तरोन्नतीका लागि भएको सम्झौता मन्त्री बास्कोटाकै कारण परेको हो । सीमा व्यवस्थापन प्रणाली, सुशासन सहयोगमा क्षमता अभिबृद्धि, आपराधिक मामिलामा आपसी कानुनी सहयोग, सगरमाथा–चोमोलोङमा संरक्षण, लगानी सहयोग र सहयोग परियोजना प्रवद्र्धन, चेङदुमा नेपालको वाणिज्य दूतावास, भौतिक पूर्वाधार मन्त्रालय र यातायात चीनको यातायात मन्त्रालयबीच नेपाल र चीनबीच सीमापार रेलवेको फिजिबिलिटी स्टडी, नेपालको काठमाडौं महानगरपालिका र चीनको नानजिङ सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना, बुटवल उपमहानगरपालिका र सियान सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना, नेपाल सरकारको स्वास्थ्य र जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधी राष्ट्रिय प्रशासनबीच परम्परागत औषधीमा सहकार्य, नेपालको गृहमन्त्रालय र चीनको विपद व्यवस्थापन मन्त्रालयबीच प्रकोप जोखिम न्यूनीकरण र आपतकालीन उद्धारमा सहकार्य, नेपाल स्थित महान्यायाधीवक्ताको कार्यालय र जनताको सर्वोच्च अदातलबीच सहकार्य लगायतका समझदारी भएका छन् ।
त्यस्तै नेपालस्थित त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्यूट हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्यूट स्थापना गर्ने, नेपालको कृषि मन्त्रालय र चीनको सामान्य प्रशासनअन्तर्गतको कर कार्यालयबीच साईट फलहरु निर्यात गर्ने, नेपालको उद्योग, वाणिज्य र आपुर्ती मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारका विषयमा संयुक्त कार्यदल स्थापना गर्ने, चीनको सहयोगमा भूकम्प निगरानी नेटवर्क प्रोजेक्ट स्वीकार, नेपालको अर्थमन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य, नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास सहकार्य नियोगबीच सुरुङ निर्माणमा सहकार्य, सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका विषयमा पत्र आदानप्रदान र काठमाडौं उपत्यकामा चीनको सहयोगमा पानी आपुर्ती सुधार प्रोजेक्टको फिजीबिलिटी अध्ययन गर्ने लगायतका सहमति भएका छन् ।
सडक सञ्जाल अन्र्तगत अरनिको राजमार्गको स्तरोन्नती र रसुवागढी–छहरे–काठमाडौं टनेल एजेण्डामा थिए । नेपाललाई चीनसँग जोड्ने अरनिको राजमार्ग २०७२ साल बैशाख १२ मा गएको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो ।

प्रकाशित मिति: १५ कात्तिक २०७६, शुक्रवार ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु