कास्की २ मा विद्या भटराईलाई उम्मेदवार बनाउने नेकपाको निर्णय
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईले उम्मेदवार बनाउने भएको छ ।
उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको थियो ।
स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन् । स्रोतले भन्यो ‘कास्की २ मा भट्टराईलाई उम्मेदवार बनाउने कुरा भएको छ । अरु सबै उम्मेदवारको टुंगो लगाएपछि एकसाथ घोषणा हुनेछ ।’ एक सचिवालय सदस्यले जानकारी दिए ।
प्रकाशित मिति: १७ कात्तिक २०७६, आइतवार ०२:३८ बजे