२ माघ २०८१, बुधवार

छठ पर्व हर्सोल्लास र उत्साह सहित सम्पन्न

सुनसरी । सुनसरी सदरमुकाम इनरुवासहितको विभिन्न स्थानमा लोकआस्थाको महापर्व छठ सनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै र आइतवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै सम्पन्नभएको छ । इनरुवा सहित बबिया, हरिनगर, देवानगञ्ज, वर्जु, गढी, दुहवी, बुढी , लौकही , कोशी, भाण्टाबारी सहितका स्थानमालाखौ भक्तजनहरुले छठको अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छटपर्व सम्पन्न गरेका हुन् ।

प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले मधेसमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव स्थापना गर्न सहयोग पुगेको छ । उनीहरुले सामुहिक रुपमा पूजापाठ र ब्रत गरेका छन् ।

अस्ताउदो र उदाउँदो सूर्यको उपासना गरी मनाइने यो पर्वमा ब्रतालु महिला पुरुषले चोखो निखो बसेर पूजाआजा गरेमा पारिवारिक सुख, समृद्धि र रोगव्याधीबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ ।

जल, जमिन, हावा, पानि बैज्ञानिक मान्यता तथा उत्पादन संग जोडिएको छठ पर्वले आपसी सदभाव कायम राख्न ठूलो भुमिका खेलेको विश्वास गरिन्छ ।

यसपटक तराईमा बसोबास गर्ने मधेसीहरु मात्र होइन, छठ पर्वलाई पहाडी मुलका हिन्दू धर्मालम्बीहरुले पनि श्रद्धापूर्वक मनाएका छन् । बिहान उदाँउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन भएको मानिन्छ ।

षष्ठी तिथिकादिन साँझब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । साँझको सूर्यलाई दिइने अघ्र्यलाई मिथिलाञ्चलमा ‘सझुका अरख’ भनिन्छ  साँझ ‘खरना’विधि सम्पन्न गरेर निराहार ब्रतथालेका ब्रतालुको उपवासको समय आजबिहान सूर्योदयहुँदासम्म झण्डै ३६ घण्टा भएको छ । कात्तिकशुक्ल चौथीकादिन ‘नहायखाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले चौथो दिन छठ सम्पन्न गरेका हुन् । छठ सम्पन्न भएसँगै ब्रतालु परिवारजनसँगै पानीघाटबाट घर फर्केपछि प्रसादखाने ख्वाउने क्रम शुरु भएको छ ।

छठको प्रसादबनाएर सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार खाने खुवाउने क्रमभने मिथिलाञ्चलमा लामो समयसम्मजारी रहन्छ । मिथिलाञ्चलमा छठ सकिएपछि विवाहित चेलीबेटी, कुटुम्ब परिवार, मित मितिनी र अन्य इष्टमित्रको घरमा छठको कोशेली पठाउने चलन छ । यसरी पठाइने कोशेलीमा सूर्यदेवलाई देखाइएको प्रसाद मिसाएर पठाइने क्रम महीना दिनभर चलिरहन्छ । सूर्यदेव र षष्ठीदेवीको श्रद्धा र निष्ठापूर्वक उपासना गरिने छठ मिथिला लोकसंस्कृतिको अभिन्नअङ्ग मानिन्छ । लोकआस्थाको छठ पर्व आपसी सद्भावको प्रतीक मानिन्छ ।

प्रकाशित मिति: १७ कात्तिक २०७६, आइतवार ०२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु