निःशुल्क पार्किङस्थल बन्दै विश्वसम्पदा क्षेत्र, सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा
काठमाडौं –विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सर्वसाधारणका लागि पार्किङस्थल बन्नुका साथै सवारी आवागमनले कोलाहल बढेको । प्रत्येक साँझ ५ बजे कार्यालय समयपछि सवारी साधनको बाक्लो पार्किङ हुने गरेको छ भने वसन्तपुर वरपर आवागमन पनि बाक्लै हुने गरेको छ ।
काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र कार्यालयले यसअघि दरबार क्षेत्र परिसरमा सञ्चालित विभिन्न कार्यालय, पसल तथा रेस्टुराँ मालिक र सरकारी नम्बर प्लेटको गाडीलाई पार्किङको सुविधा उपलब्ध गराउँदै आएपछि समस्या अझ जटिल बनेको हो । सवारीकै कारण विश्व सम्पदा क्षेत्र खतरामा पर्दै गएको छ ।
प्रकाशित मिति: २६ कात्तिक २०७६, मंगलवार ०१:५८ बजे