२३ मंसिर २०८१, आइतवार

मेडिकल कलेज सञ्चालकको सम्पत्ति छानविन गर्न सिफारिस

काठमाडौं –राष्ट्रिय सतर्कता कैन्द्रले १२ वटा निजी मेडिकल कलेजका सञ्चालक र तिनका नातेदारको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धिकरण विभागलाई सिफारिस गरेको समाचार कान्तिपुर दैनिकलेप्रकाशित गरेको छ । ती कलेज सञ्चालकले विद्यार्थी र अभिभावकबाट चार वर्षमा तीन अर्ब रुपैयाँ ठगी गरेको केन्द्रको ठहर छ । केन्द्रका अनुसार त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १७ कलेजमध्ये १२ वटाले तोकिएभन्दा थप २३ शीर्षकमा शुल्क उठाएका छन् । केन्द्रले त्रिवि र केयूका तत्कालिन र वर्तमान पदाधिकारीको समेत संलग्नता रहेको भन्दै उनीहरुलाई समेत कारवाहीको सुझाव दिएको छ ।-पत्रपत्रीकाबाट

प्रकाशित मिति: २६ कात्तिक २०७६, मंगलवार ०१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु