२५ असोज २०८१, शुक्रवार

भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर धुलिखेल ११ पात्लेखेतमा

फिनल्याण्ड सरकार र युनिसेफ नेपालको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त योजना निरिक्षणको लागि सचिन धुलिखेल नगरपालिका वडा नम्वर ११ पात्लेखेत आएका हुन् । उनलाई पात्लेखेतमा स्थानीयले भव्य स्वागत गरेका थिए ।  युनिसेफको सद्भावना दूत समेत रहेका तेन्दुलकरलाई वडा नम्वर ११ का वडा अध्यक्ष विष्णु धितालले नेपाली ढाका टोपी लगाएर स्वागत गरेका थिए ।

सचिनले योजना निर्माण पश्चात स्थानीयमा आएको परिवर्तनको अवलोकन गरेका थिए । धिताल टोल खानेपानी तथा सरसफाई सुधार योजना सिविक फोरमको प्राविधिक सहयोगमा ३१ डिसेम्बर २०१८ मा सम्पन्न भएको थियो । उक्त योजना फिनल्याण्ड सरकार र युनिसेफबाट १० लाख ५८ हजार ८ सय १८ र समुदायको योगदान २ लाख १ हजार १४१ गरी १२ लाख ५९ हजार ८५९ रुपैँयाको लागतमा सम्पन्न भएको थियो । उक्त योजनाबाट धिताल टोलका २० घरधुरीका ११२ जना प्रत्यक्ष लाभान्वित भएका छन् । धिताल टोल नेपालकै पहिलो सुरक्षित खानेपानी समुदाय पनि हो ।

बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफ नेपालले  सचिनलाई नेपाल ल्याएको हो । सचिनले सन् १९८९ मा आजकै दिन अन्तराष्ट्रिय क्रिकेटमा पहिलो बलको सामना गरेका थिए । आज नै कीर्तिपुरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासको टिम र सचिनको टोली बिच क्रिकेट खेलिएको थियो । सचिन र विनोद दासले कप्तानी सम्हालेको टोलीमा बालबालिका खेलाडीहरु समावेश थिए । उक्त खेल पछि उनी काभ्रेको धुलिखेलमा  आएका हुन् ।

प्रकाशित मिति: ३० कात्तिक २०७६, शनिवार १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु