२३ मंसिर २०८१, आइतवार

युनेस्कोको महासभामा शिक्षामन्त्रीले सीमा विवादबारे भारतीय मन्त्रीलाई गराए ध्यानाकर्षण

फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा विवाद कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

शिक्षामन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानका अनुसार मन्त्री पोखरेलले सीमा विवाद समाधान गरेर दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउन आग्रह गरेका थिए । मन्त्री पोखरेलले भेटका क्रममा गुणस्तरीय शिक्षालाई उचाइमा पु¥याउन दुई देशले आपसी सम्बन्ध थप सुदृढ तुल्याउनुपर्नेमा पनि जोड दिएका थिए ।

सो अवसरमा भारतीय मन्त्रीले मन्त्री पोखरेललाई भारत भ्रमणको निम्तो दिएका थिए । भेटमा शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलगायत सहभागी थिए ।

प्रकाशित मिति: ३० कात्तिक २०७६, शनिवार ०६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु