समाजबाद उन्मुख बन्दै धुलिखेल नगर -आनन्द पोखरेल
धुलिखेल ।नेकपाको प्रदेश नं ३ का सचिब तथा पूर्व पर्यटन मन्त्रि आनन्द प्रसाद पोखरेलले सुखि नेपाली समृद्ध नेपाल बनाउन सबै नेपालीले साथ दिनु पर्ने बताउनु भयो । नेकपाको सरकारले २ वर्षमा जग हालेको र विकासको ढोका खेलेकाले अव देश तिब्र गतिमा विकास हुने बताउनु भयो । नेकपा बाहेक कुनै पनि पाटीले विकास गर्न नसकेकाले काम गरेको हेर्न आग्रह गर्नु भयो । देश विकास गर्न नेकपाको सरकार लागी रहेकाले जनताका समस्याहरु चाडै पुरा हुने बताउनु भयो ।यसको साथै धुलिखेल नगरमा विकासको गति अगाडि बढि रहेको अव धुलिखेल नगर समाजबाद उन्मुख बन्दै रहेको कुरा बताउनु भयो । धुलिखेल नगरपालिका बालबालिका,युवा ,महिला,किषान, दलित,जनजाति,लगायत पिछडा वर्गको हितमा नगर लागिरहेको साथै धुलिखेल नगरमा बाटो, खानेपानि ,शिक्षा ,स्वास्थ्यको लगायतको सबै क्षेत्रको विकासमा लागेकोले धुलिखेल नगर समाजबाद उन्मुख बन्दै गरेको कुरा नेकपाको धुलिखेलमा आयोजित चुनावी सभामा बताउनु भयो । साथै सुखि नेपाली समृद्ध नेपालको अवधारणा धुलिखेलबाट सुरु भएको कुरा बताउनु भयो ।
साथै उक्त कार्यक्रममा धुलिखेलका प्रमुख अशोक ब्यान्जुले नगरको विकासको सारथि नेकपा रहेको कुरा उक्त कार्यक्रममा बक्त गर्नु भयो । धुलिखेल नगर खानेपानिमा एक घर एक धाराको नारा लिएर अगाडि बढेको यस आर्थिक वर्षमा ९०० घरधुरिमा खानेपानिको सुबिधा थप भएको र अर्को आर्थिक वर्षमा १८०० घरधुरिमा खानेपानिको सुबिधा थप गर्ने योजना रहेको र धुलिखेल नगरपालिका नमुना नगरको रूपमा अगाडि बढी रहेको छ ।
साथै धुलिखेल नगरलाई चाडै बालमैत्रि नगर घोषणा गर्ने । साथै धुलिखेल नगरमा बाटो, खानेपानि ,शिक्षा ,स्वास्थ्य लगायतको कामकारबाहीका गतिविधि तीब्र रूपमा अगााडि बढी रहेको साथै सबै क्षेत्रको विकासमा लागेको कुरा नगर प्रमुख अशोक ब्यान्जुले बताउनु भयो ।
प्रकाशित मिति: ७ मंसिर २०७६, शनिवार २२:५० बजे