१२ माघ २०८१, शनिवार

धुलिखेलमा चुनाबी सभा

धुलिखेल ।आगामी मंसीर १४ गते हुने उपनिर्वाचन तयारीको लागी नेपाल कम्न्युनिष्ट पाटीले धुलिखेल रविमा बृहत चुनाबी सभाको आयोजना गरेको छ ।
चुनावि सभालाई सम्बोधन गर्द नेकपाका प्रदेश नं ३ का सचिब आनन्द पोखरेलले सुखि नेपाली समृद्ध नेपाल बनाउन सबै नेपालीले साथ दिनु पर्ने बताउनु भयो ।

नेकपाको सरकारले २ वर्षमा जग हालेको र विकासको ढोका खेलेकाले अव तिब्र विकास हुने बताउनु भयो । नेकपा बाहेक कुनै पनि पाटीले विकास गर्न नसकेकाले काम गरेको हेर्न आग्रह गर्नु भयो । देश विकास गर्न नेकपाको सरकार लागी रहेकाले जनताका समस्याहरु चाडै पुरा हुने बताउनु भयो । चुनावि सभामा पुर्व प्रतिनिधी सभा सदस्य तेजबहादुर मिजार नेकपा जिल्ला अध्यक्ष रुकु चौलागाई, सचिब टोक बहादुर वाईवा,  प्रदेश  सांसद लक्ष्मण लम्साल, चन्द्र लामा,धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु, जिल्ला कमिटी सदस्य रामगोपाल चौलागाई,युवा सघं संयोजक विक्रम चौलागाई, पुर्व जिल्ला कमिटी सदस्य टिका बल्धब सापकोटा लगाएतका ब्यक्तिहरुले शुभकानमा मन्तब्य राखेका थिए । सभामा नेकपाका उमेदवार देव प्रसाद कोईरालाले स्वर्गिय वडा अध्यक्ष राजन कोईरालाले र पार्टिले गरेका प्रतिबद्धता पुरा गर्ने बताउनु भयो । पार्टिले गरेका प्रतिबद्धताहरु धेरै पुरा गरिसकेको र बाँकि प्रतिबद्धता पुरा गर्ने वताउनु भयो । शिक्षा, स्वास्थ्य, यूवा, खेलकुद, महिला बालबालिकाहरुलागी योजना,  र १ घर १ धाराको काम ८० प्रतिशत सम्पन्न भईसकेको बाँकी छिटै पुराहुने समेत उमेदवार कोईरालाले बताउनु भयो । चुनावि सभामा निर्वाचन परिचालन कमिटीका सहसंयोजक ज्ञानबहादुर मिजारले स्वागत मन्तब्य राख्नु भएको थियो भने सभापतित्व संयोजक उद्धब चौलागाईले गर्नू भएको थियो ।

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिवार २१:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु