५ माघ २०८१, शनिवार

धुलिखेल १ मा गोल्मा देवी आधारभूत विद्यालयको नयाँ भवन उद्घाटन ।

धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्बर १ मा शिक्षा विकास तथा समन्वय ईकाई धुलिखेल तथा धुलिखेल नगरपालिकाको आर्थिक सहयोगमा श्री गोल्मा देवी आधारभूत विद्यालयको ४ कोठे भूकम्प प्रतिरोधक भवन नगर प्रमुख श्री अशोक कुमार व्याञ्जु श्रेष्ठ बाट उद्घाटन गर्नुभयो ।

प्रमुख श्री अशोक कुमार व्याञ्जु श्रेष्ठले उक्त भवन उद्घाटन कार्यक्रममा बोल्दै धुलिखेल नगरका सबै बालबालिका सुरक्षित भवनमा बसेर पढ्न पाउने वातावरण बनाउनेतर्फ नगरले काम गरि रेहेको कुरा बताउनु भयो ।नगरप्रमूख अशोक कुमार व्याञ्जु श्रेष्ठले भने ‘सुरक्षित विद्यालय भवनसँगै गुणस्तरीय शिक्षालाई पनि नगरपालिकाले पहिलो प्राथमिकतमा राखेको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई काभ्रेको ३६ लाख र धुलिखेल नगरपालिकाको ७ लाख आर्थिक सहयोगमा भवन निर्माण सम्पन्न भएको वडा नम्बर १ का वडाध्यक्ष रमेश प्रसाद घोरासैनीले जानकारी दिए ।

२०७२ सालको भुकम्पमा विद्यालयको भवन भत्किएपछि नयाँ बनाइएको हो । विद्यालय भवन बनेपछि अस्थायी सिकाई केन्द्रमा पढ्दै आएका बालबालिकालाई सजिलो भएको छ । उक्त विद्यालयमा सय जना विद्यार्थी पढ्दै आइरहेका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७६, आइतवार २२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु