काभ्रेको देउराली गाउँपालिका मा २१ फिट अग्लो बुद्धको मुर्ति
काभ्रे । काभ्रेको चौरी देउराली गाउँपालिका वडा नम्बर ८ बिर्तादेउरालीको भुमेस्थान डाँडामा बुद्धको मुर्ति स्थापना गरिएको छ । साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको २१ फिट अग्लो बुद्ध मुर्तिको शनिबार प्रदेश नम्बर ३ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गरे ।
नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पनि स्थानीय कला संस्कृतिले ठूलो सहयोग गर्ने मन्त्री नेपालको भनाई छ । ‘प्रदेश सरकार भ्रमण वर्षमा सबैभन्दा बढी पर्यटन प्रदेश नम्बर ३ मा भित्र्याउने योजनाका साथ अघि बढिरहेको छ, मन्त्री नेपालले भने ‘यसमा तपाईहरुले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउनोस, हातेमालो गर्न प्रदेश सरकार तयार छ ।’
उक्त कार्यक्रममा सांसद नबीना लामा, प्रदेश सासंद रत्न ढकाल ,गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम लगाएतले तामाङ समुदायको सँस्कृति र पर्यटन विकास तथा चौरीदेउरालीको विकासको विकास को बारेमा बोल्नु भयो ।
प्रकाशित मिति: २२ मंसिर २०७६, आइतवार २३:१९ बजे