सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु ९ लाख रुपैयाँ दिने भएको छ ।
आज बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई जनही रु ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
प्रकाशित मिति: २५ मंसिर २०७६, बुधवार १६:१७ बजे