३० माघ २०८१, बुधवार

ठगी गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याउँछौँः श्रममन्त्री यादव

सर्लाही । वैदेशिक रोजगारको क्षेत्रमा ठग्ने गर्ने म्यान पावरलाई कानूनको दायरामा ल्याएर  कारवाही गरिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन् ।

सर्लाही सदरमुकाम मलङ्गवामा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले ठगी गर्ने म्यान पावरलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।

सीप सिकेरमात्र वैदेशिक रोजगारमा जान उनले युवासँग आग्रह गरे । वैदेशिक रोजगारीका क्रममा कसैले ठगी गरेको छ भने सिधा आएर आफूलाई जानकारी गराउन उनले आग्रह गरे ।

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधवार २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु