प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुराना कम्युनिष्ट नेता श्रेष्ठको निधनप्रति शोक व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आफूलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज शोक सन्देश जारी गर्दै उनको निधनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमाएको बताएका छन् । सन्देशमा सानै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेर काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचित प्रमुख (मेयर) बनेका स्व श्रेष्ठले न्याय क्षेत्रमा समेत ख्याति कमाएको बताएका छन्। बयानब्बे वर्षीय श्रेष्ठको हिजो शुक्रबार निधन भएको थियो ।
प्रकाशित मिति: २८ मंसिर २०७६, शनिवार २०:२३ बजे