काठमाडौँ विश्वविद्यालयको पच्चीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम आज
धुलिखेल । काठमाडौँ विश्वविद्यालयको पच्चीसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रम २०७६ पुस ४ गते शुक्रबार आज केन्द्रीय परिसर धुलिखेलमा हुने भएको छ । पहिलो चरणको कार्यक्रम २०७६ मङ्सिर ६ गते शुक्रबार चौकोटमा भएको थियो । आजको कार्यक्रमको सभापतित्व सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री के. पी. शर्मा ओलीज्यूबाट हुनेछ । कार्यक्रममा सहकुलपति माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्री गिरिराजमणि पोखरेलज्यूको पनि उपस्थित हुनुहुनेछ ।आजको कार्यक्रमको सभापतित्व सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री के. पी. शर्मा ओलीज्यूबाट हुनेछ ।
कार्यक्रममा सहकुलपति माननीय शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री श्री गिरिराजमणि पोखरेलज्यूको पनि उपस्थित हुनुहुनेछ ।आजको उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपबाट प्रसिद्ध चिनियाँ वैज्ञानिक तथा थाइल्यान्डको बैङ्ककमा अवस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्रेसिडेन्ट डा. इडेन वाई वुनज्यूले दीक्षान्त सम्बोधन गर्नुहुनेछ । उक्त कार्यक्रममा आटर््स्, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट र साइन्स विधाका विद्यार्थीहरूलाई दीक्षित गरिनेछ । मेडिकल साइन्सका विद्यार्थीहरूलाई पहिलो चरणको कार्यक्रममै दीक्षित गराइएको भए पनि त्यस कार्यक्रममा छुटेका बीपीटी (ब्याचलर अफ फिजियोथेरापी) का १२ जना स्नातक समेत दोस्रो चरणको कार्यक्रममा दीक्षित हुनेछन् ।
उक्त कार्यक्रममा १६ जना पीएचडी र ५५ जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १,५४६ जनाले उपाधि लिनेछन् । त्यसमध्ये आर्ट्स्का २११ जना, एजुकेसनका १६८ जना, इन्जिनियरिङका ३७१ जना, लका ४१ जना, म्यानेजमेन्टका ४८३ जना र साइन्सका २६० जना हुनेछन् ।
साथै उक्त कार्यक्रममा उत्कृष्ट विद्यार्थी चारजनालाई चान्सलर स्वर्णपदक, भाइस चान्सलर स्वर्णपदक, रणबहादुर शाह स्वर्णपदक र जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक प्रदान गरिनेछ । हालसम्ममा काठमाडौँ विश्वविद्यालयबाट ३१,९४३ जना दीक्षित भएका छन् ।
प्रकाशित मिति: ४ पुस २०७६, शुक्रवार ०९:०९ बजे