१ जेठ २०८२, मंगलवार

भारत र चीनको सीमानामा ११४ सुरक्षा पोस्ट थपिने

काठमाडौं । सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न १ सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट–बीओपी) थप गर्ने निर्णय गरेको छ ।
सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ ।
नेपाल–भारत सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न ११० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सीमानामा चार पोस्ट बढाइएको छ ।
मन्त्रिपरिषद्को मंसिर ३० गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न विहिवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको वोर्डर आउट पोष्ट (विओपी)को संख्या १ सय ७ वाट बढाएर २ सय २१ पुर्याउने निर्णय भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रवार ०८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु