१२ माघ २०८१, शनिवार

धुलिखेल नगरका सबै विद्यालयको शैक्षिक पूर्वाधार सम्पन्न हुदैँ ।

धुलिखेल । धुलिखेल नगरपालिका वडा नं. ११ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाईको आर्थिक सहयोगमा निर्माण भएको हनुमान माध्यामिक विद्यालयको नयाँ भवन हस्तान्तरण एक कार्यक्रमका बिच धुलिखेल नगरका नगर प्रमुख अशोक कुमार व्याञ्जुले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भयो ।
उक्त विद्यालय ६७ लाख रुपैयाको लागतमा ४ कोठे पक्की भवन निर्माण भएको हो । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक कुमार व्याञ्जुले “शिक्षा हाम्रो जग हो, शिक्षा राम्रो भयो भने हाम्रो समाज राम्रो हुन्छ , राम्रो समाज हुनुभनेको सम्मुनत धुलिखेल बन्नु हो “,भन्नु भयो ।
साथै उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका सबै विद्यालयको पूर्वाधार सम्पन्न हुदैँ रहेको जानकारी पनि धुलिखेल नगरपालिका बाट प्राप्त भयो धुलिखेल नगरपालिकामा हालसम्म १० वटा विद्यालयको नयाँ पक्की भवन निर्माण भईसकेको जसमा धुलिखेल १ मा रहेको गोल्मादेवि आधारभुत विद्यालय, धुलिखेल १ मा रहेको देविस्थान मा.वि ,धुलिखेल ७ मा रहेको संजीवनी मा.वि ,धुलिखेल ११ मा रहेको कालीदेवी मा.वि ,धुलिखेल १० मा रहेको कालीका मा.वि , धुलिखेल ११ मा रहेको हनुमान माध्यामिक विद्यालय, धुलिखेल ११ मा रहेको डाँफे प्रा.वि , त्यस्तै धुलिखेल १२ मा रहेको शंखेश्वरी माहालक्ष्मी मा.वि रहेको छ साथै धुलिखेल नगरपालिकाको अन्य विद्यालयको भवन निर्माण भईरहेको छ ।

प्रकाशित मिति: १० पुस २०७६, बिहीवार १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु