१२ माघ २०८१, शनिवार

उपराष्ट्रपति पुनद्वारा चीनप्रति ऐक्यबद्धता

उपराष्ट्रपति नन्दबहादुर पुनले प्राणघातक कोभिड–१९ भाइरसका कारण चीनमा भएको मानवीय क्षतिले नेपाल सरकार, नेपाली जनता र आफूलाई गहिरो दुःख लागेको बताएका छन् ।

आफ्ना चिनियाँ समकक्षी वाङ छिसानलाई शुक्रबार एक सन्देश पठाउँदै उनले दुःखको यस घडीमा नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट उपराष्ट्रपति वाङमार्फत शोकाकुल परिवारजनमा समवेदना र सहानुभूति प्रकट गरे ।

कोभिड–१९ विरुद्ध चीन सरकारले लिएको प्रभावकारी कदमको सरहाना गर्दै त्यसको फैलावट रोक्न भएका प्रयासले क्रमशः सफलता हासिल गरेकामा प्रशन्नता पनि व्यक्त गरे ।

सन्देशमा उनले भनेका छन्, “हामी चीन सरकार र त्यहाँका जनताप्रति उक्त रोगविरुद्धको लडाइँमा ऐक्यबद्धता प्रकट गर्दछौँ र यो रोगलाई फैलिन नदिन चीन सरकारले गरेका प्रयासमा शीघ्र सफलता मिल्नेमा विश्वस्त छौँ ।”

चीनमा रहेका नेपालीको सुरक्षाका लागि चीन सरकारले गरेका प्रयासप्रति उपराष्ट्रपति पुनले हार्दिक आभार व्यक्त गरे ।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिवार २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु