२० असोज २०८१, आइतवार

कोरोनाको बारे सचेतना फैलाउँदै अनेरास्ववियू र युवा संघ

काभ्रे । विश्वभर फैलिएको कोरोना भाइरसका बारेमा जिल्लाका युवा र बिद्यार्थीले सचेतना फैलाउन सुरु गरेका छन । नेपाल कम्युनिष्ट पार्टी निकट रहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन काभ्रे र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी काभ्रेले सचेतना फैलाउन सुरु गरेका हुन ।

अनेरास्ववियूले धुलिखेलले र बनेपाले त्यहाँस्थित कलेज र चोकचोकमा सचेतना फैलाउन फ्लेक्स प्रिन्ट टाँसेको छन् । यसैगरी अनेरास्ववियू जिल्ला कमिटी काभ्रेका संयोजक उपेन्द्र शर्माले जिल्लाका छ नगरपालिका र क्याम्पस क्याम्पसमा कोरोना भाइसरका लक्षण र बच्ने उपाय बारेमा फ्लेक्स प्रिन्ट टाँस्न सुरु गरेको जानकारी दिनुभयो । हामीले बनेपा, धुलिखेल, पनौती नगरपालिकाका मुख्य मुख्य चोक र क्याम्पसमा फ्लेक्स प्रिन्ट टाँसी सकेका छौँ । बाँकी रहेका मण्डनदेउपुर, पाँचखाल र नमोबुद्ध नगरपालिकामा पनि टाँस्ने छौँ, भन्नुभयो । नगर कमिटीको अग्रसरतामा फ्लेक्स प्रिन्ट टाँस्ने काम भइरहेको शर्माले जानकारी दिनुभयो । यसैगरि राष्ट्रिय युवा संघ धुलिखेलले पनि मुख्य मुख्य चोक र र वडाहरुमा कोरोना भाइसरका लक्षण र बच्ने उपाय बारेमा फ्लेक्स प्रिन्ट टाँस्न सुरु गरेको छ ।

प्रकाशित मिति: ९ चैत २०७६, आइतवार १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु