२ माघ २०८१, बुधवार

धुलिखेलमा हटलाइन नम्बर सुरु

धुलिखेल । धुलिखेल नगरपालिकाले हटलाइन नम्बर सुरु गरेको छ । कुनै संकट आइलागे १६६०११४९३२९ नम्बरमा खबर गर्न सकिने नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।

साथै धुलिखेल नगरपालिकामा आज बसेको बैठकले कोरोनाभाइरस (कोभिड १९)को संक्रमण नियन्त्रण गर्न जनताले जनताको स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल हुने वातावरण बनाउन विभिन्न निणर्य गरेको छ ।

बैठकले धुलिखेल नगरपालिकाभित्र रहेका होटल, विद्यालय भवन क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने समेत निर्णय गरेको छ । त्यस्तै चोक–चोकमा मानिसहरुको भिडभाड हुन नदिन नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलाई आग्रह गर्ने समेत निर्णय गरेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने पनि निर्णय गरेको छ । त्यस्तै आपुर्ती ब्यवस्थालाई सहजीकरण गर्ने पनि निर्णय गरेको छ ।
लगायत निम्न निर्णय गरेको छ ।
१. आम नागरिकहरुलाई सचेत सुरक्षित र संयमितहुन अनुरोध गर्ने ।
२. संघिय तथा प्रदेश सरकारका निर्णयहरुलाइप्रभावकारी रुपमा कार्यान्वयनगर्ने ।
३। अत्याबश्यकबाहेककापसलतथाबजार बन्दगर्न अनुरोध गर्ने ।
४. यातायात क्षेत्रमा भिडभाड नियन्त्रण गर्ने ।
५.क्वारेन्टाइन सेवाकालागि समुदायतथाहोटल, बिद्यालयकाभवनहरुतथाअन्यउपयुक्त स्थानहरुप््रायोगगर्ने
६. चोक चोकमामानिस जम्माहुननदिनजनप्रतिनिधि, प्रहरीतथा सरोकारवाला निकायबाट अनुगमनतथा सन्देश प्रवाहगर्ने ।
७. अत्यावश्यक सेवाबाहेक अन्य सेवाप्रवाहनगर्ने ।
८. सवै स्थानियतहले अत्याबश्यकअबश्थाबाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कनसुचनाप्रवाहगर्ने ।
९. भिडभाड हुने सेवाप्रवाहगर्ने सस्थातथानिकायहरुमा भिड नियन्त्रण गर्न अनुरोध गर्ने ।
१०. अत्यावश्यक सामानको आपुर्ति ब्यबस्था सहज गराउन सबै स्थानियतहले समन्वय गर्ने ।

प्रकाशित मिति: ९ चैत २०७६, आइतवार १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु