५ माघ २०८१, शनिवार

नेपाल नगरपालिका संघको आवहान दैनिक ज्यालादारीमा निर्भर परिवार पहिचान गरी न्युनतमा राहत उपलब्ध गराउ

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19)को माहामारीबाट विभिन्न देशहरुमा हजारौ मान्छेहरुले ज्यान गुमाउनुका साथै लाखौ मानिसहरु प्रभावित भएको र विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि उच्च जोखिममा रहेकोले हाल सम्म नेपालमा ५ जना संक्रमित पत्ता लगेको र संक्रमण फैलन नदिनका लागि मुलुक लकडाउनको अवस्थामा रहेको बेलामा स्थानीय सरकारहरुको मुख्य भुमिका रहने हुँदा माहामारी फैलिन नदिन सचेतीकरण , पूर्वाधार निर्माण र संभावित आपतकालिन अवस्थको पूर्व तयारी गर्न अनुरोध गरेको छ ।

सबै स्थानीय तहले आफ्नो गाउँ नगरमा दैनिक ज्यालादारीमा निर्भर परिवार पहिचान गरी न्युनतमा राहत उपलब्ध गराउन नेपाल नगरपालिका संघले सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

साथै सबै स्थानीय तहले आफ्नो गाँउ नगरमा हाल विदेशबाट आएकाको तथ्यांक संकलन संघ ,प्रदेश सरकार तथा नेपाल नगरपालिका संघमा पठाउन र निर्धारित मापदण्ड अनुसार क्वारेन्टीनमा राख्न र संक्रमणको लक्षण देखिएमा सुरक्षा विधि सहित तोकिएको स्वास्थ संस्था लैजाने व्यवस्था मिलाउन भुमिका निर्वाह गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: १६ चैत २०७६, आइतवार ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु