धुलिखेल नगरमा बन्यो ७० शय्याको क्वारेन्टाइन

धुलिखेल । कोरोना भाइरस संक्रमितलाई राख्नका लागि धुलिखेल नगरपालिकाले ७० शय्याको क्वारेन्टाइन निर्माण गरेको छ ।
धुलिखेल नगरपालिकाले सञ्जिवनी स्कुलमा ७० जना राख्न मिल्ने गरि क्वारेन्टाइन निर्माण गरिएको धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जु श्रेष्ठले जानकारी दिनु भयो । नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो ।
‘कोरोना संक्रमितलाई राख्नका लागि ७० वेडको क्वारेन्टाइन सञ्जिवनी स्कुलमा तयारी गरिएको छ’ मेयर अशोक ब्याञ्जुले भन्नुभयो ,‘हामीले कोरोना संक्रमणबारे सचेत तथा धुलिखेल नगर हटलाइन नम्बर सुरु गरेको छ । कुनै संकट आइलागे १६६०११४९३२९ नम्बरमा खबर गर्न सकिने गरि आग्रह गरेका छौं ।
प्रकाशित मिति: १६ चैत २०७६, आइतवार ०८:३६ बजे