२ माघ २०८१, बुधवार

काठमाडौं आइपुग्यो कोरोनाविरुद्धको औषधि र चिकित्साजन्य उपकरण

काठमाण्डौ । औषधि र मेडिकलजन्य उपकरण लिन चीन गएको नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान नेपाल आइपुगेको छ ।

नेपाल एअरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । कोरोना संक्रमितको उपचार तथा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामग्री लिन निगमको वाइडबडी त्यसतर्फ गएको थियो ।

चीनको ग्वान्झाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आइपुगेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभएको छ ।

जहाजले कोरोनोको उपचार लक्षित औषधि, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत २०७६, आइतवार १०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु