१७ वैशाख २०८३, बुधवार

धुलिखेल नगरले गरीब परिवारको तथ्यांक संकलन गरि राहत उपलब्ध गराउने

धुलिखेल । धुलिखेल नगर पालिकाको सबै वडाहरुमा गरिब र ज्यालादारी गरि खाने परिवारको तथ्यांक संकलन गरि सहयोग कार्यक्रम सुरुगरिने जानकारी नगरप्रमुख अशोक व्यन्जुले दिनु भयो । यस अगाडि पनि ५ वषर्ीय धुलिखेल नगरपालिकाले गरिबी निवारणका कार्यक्रम सन्चालन गरिरहेको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19)को माहामारीबाट विभिन्न देशहरुमा हजारौ मान्छेहरुले ज्यान गुमाउनुका साथै लाखौ मानिसहरु प्रभावित भएको र विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल पनि उच्च जोखिममा रहेकोले उक्त समयमा संक्रमण फैलन नदिनका लागि मुलुक लकडाउनको अवस्थामा रहेको बेलामा स्थानीय सरकारहरुको मुख्य भुमिका रहने हुँदा धुलिखेल नगरपालिकाले उक्त कार्यक्रम अगाडि सारेको छ ।

साथै धुलिखेल नगरका सबै वडाले गरिब र ज्यालादारी गरि खाने परिवार वडामा सम्पर्क गर्न अनुरोध गरेका छन् । सबै वडामा रहेको आर्थिक अवस्था कम्मजाेर भएकाहरु दैनिक ज्यालादारीमा निर्भर परिवार पहिचान गरी न्युनतमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
उक्त कार्यमा बिभिन्न व्यक्ति तथा संघसंस्थाहरूले समेत सहयोग तथा सहकार्य गर्न प्रतिबद्धता गरेका छन ।

प्रकाशित मिति: १६ चैत २०७६, आइतवार ०९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु