१२ माघ २०८१, शनिवार

अनेरास्ववियू काभ्रेले गर्यो ४० मजदुरलाई राहात वितरण

काभ्रे । अनेरास्ववियू जिल्ला कमिटी काभ्रेले विपन्न ४० परिवारलाई राहत वितरण गरेको छ । कोविड १९ अथार्त कोरोनाको संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउनबाट काम गर्ने बाताबरण नभए पछि बिहान बेलुका छाक टार्न समस्यामा परेका बनेपा नगरपालिका वडा नम्बर ९ अन्र्तगत राजदास मार्ग, राजदास सहायक मार्ग, आजाद मार्ग, आजाद सहायक मार्गमा बसोबास गर्ने मजदुरहरुलाई प्रति परिवार १० केजी चामल, १ केजी दाहाल, तेल, नुन र एउटा साबुन वितरण गरिएको अनेरास्ववियू काभ्रेका अध्यक्ष उपेन्द्र शर्माले बताए ।

राहत वितरणमा अनेरास्ववियू केन्द्रिय सचिबालय सदस्य जेनिस लामा, केन्द्रिय सदस्य शालिकराम पराजुली,हरिशचन्द्र घिमिरे , यूवा सघं सदस्य श्याम चौलागाई,विद्यार्थी नेता मुकुन्द लामिछाने, यूवा सघं बनेपा नगरकमिटी अध्यक्ष रत्न श्रेष्ठ, अनेरास्ववियू काभ्रेका जिल्ला सदस्य सुमन जैरु,मिलन गौतम लगायतको सहभागिता रहेको थियो । राहत वितरण आजाद टोल सुधार समितिका मुकुन्द तिमल्सिनाको संयोजनमा भएको थियो ।

प्रकाशित मिति: २० चैत २०७६, बिहीवार ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु