११ वैशाख २०८३, बिहीवार

आइतबारबाट धुलिखेलमा कोरोना परिक्षण हुने

धुलिखेल । आईतबारबाट धुलिखेल अस्पतालमा कोरोना संक्रमण सम्वन्धी परिक्षण शुरु हुने भएको छ ।
हाललाई पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना संक्रमणको परिक्षण हुनेछ । पिपिई, परिक्षण किट लगायतका सामाग्रीहरुको ब्यवस्थापनका लागि पहिलो चरणमा साताको दुई पटक मात्रै परिक्षको ब्यवस्था मिलाईएको हो ।

संक्रमणको अवस्था हेरेर परिक्षणको अवधी बढाईने छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार बागमती प्रदेश सरकारले उक्त रोगको परिक्षण र उपचारका लागि धुलिखेल अस्पताललाई नगरपालिका मार्फत २० लाख उपलब्ध गराई सकिएको छ ।

सामाजिक विकास मन्त्रालयले नगरपालिकाको खातामा उक्त रकम पठाई सकेको झाले बताउनु भयो । अस्पतालका संस्थापक एवं काठमाडौ विश्वविद्यालय स्कुल अफ साईन्सका डिन डा. राजेन्द्र कोजँृुले अस्पतालमा आईतबारबाट उक्त परिक्षणका लागि सबै तयारी पुरा गरिएको बताउनु भयो । यस अघि राजधानी र आसपासका क्षेत्रबाट समेत राजधानीको टेकुमा मात्रै परिक्षण गरिदै आएको थियो ।

प्रकाशित मिति: २२ चैत २०७६, शनिवार १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु