प्रधानमन्त्री ओलीबाट बहराइनका समकक्षीसँग टेलिफोन संवाद
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली श्रमिकको उल्लेख्य सङ्ख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमन्त्री हबर्ट अलेक्जेण्डर मिनिससँग टेलिफोन संवाद गर्नुभएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राख्नुभएको हो ।
प्रधानमन्त्री ओलीले आज ट्वीट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाउनुभएको छ ।
प्रकाशित मिति: २२ चैत २०७६, शनिवार १८:४७ बजे