२३ मंसिर २०८१, आइतवार

धुलिखेल अस्पतालमा बिहिबारदेखि पीपीई बुथ

धुलिखेल । धुलिखेल अस्पतालमा बिहिबारदेखि पीपीई बुथ राखिएको छ । अस्पतालको आइसोलेशन वार्डको बाहिर बुथ राखिएको हो ।
कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ ।
बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट ¥याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ ।
डा महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले वनाएको हो । साथै यसमा रोटरी क्लब ओफ धुलिखेलको आर्थिक सहयोग पनि रहेको जनाइएको छ ।
बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवाल , इन्जिनियर हरेराम हुमागाई,रोटरी क्लब ओफ धुलिखेलले आज एक कार्यक्रमका वीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका छन् । यस क्रममा बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कँुंवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतले रोटरी क्लब ओफ धुलिखेललाई धन्यवाद दिए ।

प्रकाशित मिति: २७ चैत २०७६, बिहीवार १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु