१२ माघ २०८१, शनिवार

कोराना संक्रमण पुष्टि भएको रौतहटका युवकको परिवारलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी

गौर । कोरोना संक्रमणको पुष्टि भएका रौतहटका १९ वर्षीय युवक चैत १६ गते भारतको दिल्लीबाट नेपाल आएको पाइएको छ । निज रौतहटका ईशनाथ नगरपालिकास्थित क्वारेन्टनमा निगरानीमा रहेका मुस्लिम समुदायका हुन् ।

स्थानीय जनता माध्यमिक विद्यालय औरैया स्थित क्वारेन्टाइनमा रहेका ती मुस्लिम युवाको काठमाडौंमा गरिएको स्वाव परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएका युवकको घरका सबै सदस्यहरुलाई कवारेन्टाइनमा राख्न गर्न स्थानीय प्रसाशनले प्रवन्ध मिलाइ सकेको तथा साँझसम्ममा क्वारेन्टाइनमा राखिसक्ने जनाइएको छ

इशनाथ नपास्थित जनता मावि क्वारेन्टाइनमा २८ जना व्यक्ति निगरानी रहेको तथा सबैको स्वाब परीक्षण पठाइएकोमा एकजनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको हाे।

प्रकाशित मिति: १ वैशाख २०७७, सोमवार २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु