२५ असोज २०८१, शुक्रवार

धुलिखेलका एक पुरुषमा कोरोना भाइरसको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा नेगेटिभ

धुलिखेल । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको पेप्सीकोला टाउन प्लानिङ स्थित रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएको धुलिखेलका एक पुरुषमा कोरोना भाइरसको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा नेगेटिभ भएको देखिएको छ ।

धुलिखेल नगरपालिकाको धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको जाँचमा कोरोना भाइरसको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको मा उक्त परीक्षणको रिपोर्ट नेगेटिभ आएको धुलिखेल नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । उक्त ब्यक्तिको पीसीआर परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाइएको समेत स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलवार १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु