१८ वैशाख २०८३, बिहीवार

अवैध रुपमा सीमा नाकाबाट नेपाल प्रवेश गरेकालाई लुकाउनेलाई सरकारले कडा कारबाही गर्ने

काठमाडौं । सरकारले सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई आश्रय दिनेमाथि समेत कारबाही गर्ने भएको छ ।

अनाधिकृत रुपमा सीमा नाकाबाट नेपाल प्रवेश हुने गरेको पाइएको भन्दै सरकारले नाकाबाट नेपाल प्रवेश गर्न नदिन कडा नीति अख्तियार गरेको हो ।

छिमेकी मित्रराष्ट्रलगायत अन्य मित्रराष्ट्रहरुले चालेका प्रयास र अनुभव समेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई कोरोना रोगको संक्रमणबाट सुरक्षित राख्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

‘नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सीमानाकाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन वैशाख ३ गते बुधबार मध्यरातसम्मका लागि नेपालले अन्तराष्ट्रिय सीमानाकामा रहेका सबै प्रवेशद्वार र खुलासीमानाका जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरुको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने तर मालसामानको ढुवानीलाई यथावत राख्ने निर्णय गरेको छ’, डा खतिवडाले भने, ‘यो आदेशको पूर्ण पालना गराउने सुरक्षा निकायले थप प्रभावकारीताका साथ काम गर्ने र यो आदेश पालना नगरी अनधिकृतरुपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने व्यक्तिहरुलाई अर्थात नेपालमा प्रवेश गरेका विदेशीहरुलाई स्थानीय प्रशासनलाई सूचना जानकारी नदिइ लुकाइएको पाइएमा त्यस्ता व्यक्ति समेतलाई नेपालको प्रचलति कानुन बमोजिम कारबाही गरिनेछ ।’

बैठकले लकडाउनको समयसीमा वैशाख १५ गते मध्यरातसम्मका लागि लम्ब्याउने निर्णय भएको पनि खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलवार १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु