२ माघ २०८१, बुधवार

विमानमार्फत चार्टर गरेर सुदूरपश्चिम पुगे ३८ जना स्वास्थ्यकर्मी

काठमाडौं । सरकारले सदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न नदिन ३४ जना चिकित्सकको टोली त्यसतर्फ पठाएको छ ।

सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालयले खटाएको अस्पतालमा काम गर्ने गरी चिकित्साशास्त्र अध्ययन संस्थान नेम्समा अध्ययनरत चिकित्सकको टोली पठाइएको उहाँले बताउनुभयो ।

हाल एक महिना अवधिका लागि पठाइएको र आवश्यकता अनुसार थप गरिने बताइएको छ ।

सो टोलीलाई यति एयरको विमान चार्टर गरी त्यहाँ पु¥याएको र उहाँहरूलाई आवश्यकता अनुसार विभिन्न जिल्लामा खटाइनेछ ।

प्रकाशित मिति: ५ वैशाख २०७७, शुक्रवार १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु