बनेपाको चण्डेश्वरी जात्रा स्थगित, क्षमापुजा गरिने
काभ्रे । बनेपामा रहेको चण्डेश्वरीमा १७औं शताब्दीदेखि सुरु भएको बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा कोरोना भाइरसको संक्रमणको त्रासका कारण स्थगित गरिएको छ । हरेक बर्ष बैशाख पुर्णिमाका दिन मनाउने उक्त जात्रा २०७७ बैशाख २५ र २६ गते आयोजना हुँदै थियो । नगरपालिकाले क्षमा पूजा गरेर जात्रा स्थगित गर्ने निर्णय गरेको छ ।
‘जात्रामा हुने जमघट तथा भिडभाड नियन्त्रण गर्न सम्भव छैन’–बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयो –‘सरोकारवालाहरुको परामर्श र छलफलपछि क्षमापुजा गरी ऐतिहासिक चण्डेश्वरी जात्रा स्थगित गर्ने निर्णय गरिएको हो ।’ जात्रामा विभिन्न स्थानबाट आउने आफन्तजनहरु पनि आउने सम्भावना न्यून छ । लकडाउनलम्बिए पनि वा सकिएपनि जात्रा गर्न नसकिने नगरपालिकाले स्पष्ट पारेको छ । बनेपाको तीनधारा डबलीमा रथ बनाई जुगीचक्रको पूजा सम्पन्न गरे पछि रथको यात्रा सुरु गर्ने चलनथियो । जात्रामा रथ बोक्नेहरु सयौँको सख्यामाहुने गरेका थिए ।
नगरपलिकामा आयोजना गरिएको सर्वपक्षिय बैठकमा जिल्ला सुरक्षा समितिले २०७६ चैत्र २७गतेजात्रा सञ्चालन गर्न रोक लगाएको निर्णय सम्वन्धमा जानकारी गरिाएको थियो । हरेक बर्ष हुने बैशाख पुर्णिमाको अवसरमा चण्डेश्वरीको नियमित पुजा अर्चना लगाएतका कार्यहरु पुजारी तथा रकमिहरुबाट गर्ने, माताको खटयात्रा स्थगीतगर्ने, माताको परम्परागत जात्रा सञ्चालनगर्न नसकेकोमा क्षमा पुजा गर्ने निर्णय गरिएको नगर प्रमुख बादेले जानकारी दिनु भयो । १७औ शताब्दी देखि शुरु भएको चण्डेश्वरीको जात्रा स्थगतीत भएको पहिलो घटना भएको संस्कृत विद्ज्ञानकाजी मानन्धरले वताउनु भयो । चण्डेश्वरी माईको जात्रा रोकिएकोमा नगरबासीहरुले घर–घरमा नै पुजा गरी कोरना रोगबाट सुरक्षित रहन नगर प्रमुख बादेले आग्रह गर्नु भएको छ । सर्वपक्षिय बैठकमा पुर्व नगर प्रमुखडा. सुरेन्द्र बहादुर बादे, संस्कृत विद ज्ञानकाजी मानन्धर, ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक विशाल लामा, वडाअध्यक्षहरु, पुजारी, समाजसेवी, गुठियार लगाएतको उपस्थिती रहेको थियो । यस अघि धुलिखेलमा हुने ऐतिहासिक विस्केट जात्रा पनि क्षमा पुजा गरी स्थगित गरिएको थियो ।
प्रकाशित मिति: १३ वैशाख २०७७, शनिवार ०७:५९ बजे