थप एकमा कोरोना संक्रमण पाइयो, संक्रमित संख्या ४९
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
आजसाँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणका क्रममा झापा जिल्ला निवासी ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले जनाएको छ । उहाँ आइसोलेशनमा अस्पतालमा रहनु भएको र स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
प्रकाशित मिति: १३ वैशाख २०७७, शनिवार ०८:०५ बजे











