१८ असोज २०८१, शुक्रवार

रुपन्देही र नेपालगञ्जमा दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । शुक्रबार रुपन्देही निवासी २५ वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज निवासी ६० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालका कूल संक्रमितको संख्या ५९ पुगेको छ । यसमध्ये हालसम्म १६ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति: १९ वैशाख २०७७, शुक्रवार १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु